• १८ जेठ २०८२, आइतबार

अटोले ठक्कर दिँदा बालक घाइते

blog

सन्तोष सुवेदी
पाख्रीबास, जेठ ७ गते ।
धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा स्थानिय वर्ष दुईका नोर्गेन मोक्तान रहेका छन् । छिन्ताङ–हिले भित्री सडकबाट हिलेतर्फ जाँदै गरेको को. २ ह. २८२५ नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार बाटोमा बच्चा एक्कासी आएको र अटो अनियन्त्रित भई ठक्कर दिँदा घाइते भएको जानकारी दिनुभयो ।

घाइते बालकलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । अटो चालक धनकुटा नगरपालिका–१० बस्ने ३८ वर्षीय कुमार भट्टराईको शरीरको विभिन्न भागमा चोट लागेको छ । सामान्य घाइते रहेका अटोचालकलाई प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिइएको छ ।