• १८ जेठ २०८२, आइतबार

प्रणवानन्द आश्रमद्वारा निःशुल्क अध्ययन

blog

काठमाडौंस्थित गुहेश्वरीमा रहेको प्रणवानन्द आश्रममा रहेका विद्यार्थी ।

काठमाडौँ, जेठ ७ गते। काठमाडौंस्थित गुहेश्वरीमा रहेको प्रणवानन्द आश्रमले विद्यार्थीलाई पूर्ण निःशुल्क अध्ययन गराउँदै आएको छ। 

वि.स. २०५३ सालमा स्थापना भएको स्थापना भएको सो आश्रमले होसनातन आर्दश तथा बालाबालिकामा नैतिक तथा अध्यात्मिक भावनामा जागरुकता ल्याउने गरी निःशुल्क पठनपाठनको व्यवस्था गरेको हो।

आश्रमले न्युन आय तथा विपन्न वर्गका बालबालिकालाई होस्टेलको समेत सुबिधा दिँदै आएको  आश्रमका उपाध्यक्ष तथा प्रधानाध्यापक राजाराम यादव जानकारी दिनुभयो।

१५ जना विद्यार्थीलाई आश्रममले नै व्यवस्था गरी अर्को स्कुलमा अध्ययन गराइरहेको छ। त्यसैगरी आश्रमममा रहेको विद्यालयमा १५ जना शिक्षक-शिक्षिकाले अध्यापन गराउँदै  आएको छ। विद्यालयको व्यवस्थापनसमेत उहाँहरुले नै गर्दै आउनुभएको छ।

आश्रमका अध्यक्ष स्वामी रुद्रानन्द महाराज, संस्कृतिविद डा. गोविन्द टन्डन, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिपक आचार्य , नेपाल प्रेस युनियनका केन्दीय उप-महासचीव दीलिपाश्री अधिकारी, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजानन्द माण्डव्य र संचारकर्मी दिपेन्द्रप्रकाश केसीलगायले मङ्गलबार सो आश्रममा अध्यनरत विद्याथीलाई शैक्षिक सामाग्री वितरण गर्नुभयो।

स्वामी गोविन्दानन्द गिरीको नाममा वि.स. २०५३ सालमा सो आश्रमको स्थापना गरी पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।