• १८ जेठ २०८२, आइतबार

बजेट र भूमि विधेयकबारे छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक जारी

blog

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक ।

काठमाडौँ, जेठ ७ गते । बजेट, भूमि विधेयकलगायतका विषयमा छलफल गर्न सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ । अघिल्लो बैठकको निर्णयअनुसार सबै पार्टीले नाम दिइसकेकाले बुधबारको बैठकले अनुमोदन गर्ने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।

साथै आजको बैठकमा भूमि अध्यादेश र आगामी बजेटका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । डा. यादवले आपूmहरूको मागप्रति सरकार सकारात्मक नभएकाले संविधान संशोधन, बजेट वितरण र भूमि अध्यादेशका विषयमा मोर्चाबन्दी नै गरेर गएका कारण यसपटक हाम्रा मागहरूको सुनुवाइ हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘भूमि अध्यादेशको बारेमा एउटा विज्ञ टीम बनाएर यसलाई बृहत् रूपमा छलफल गरेर कसरी अगाडि लाने हो । यो हाम्रो हकहितमा छ कि छैन त्यो कुराको निक्र्यौल कसरी निकाल्ने हो । बजेट हामीले जनसङ्ख्याको आधारमा वितरण हुनुपर्छ र राज्यले पिछडिएका भूभाग र पिछडिएका जनताका लागि कसरी बजेट छुट्याउँछ त्यस विषयमा पनि छलफल छ ।,’’ प्रवक्ता डा. यादवले त्यसपछि सचिवालय गठन र देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि मोर्चाले छलफल गर्ने छ । धेरै कुरामा हाम्रो माग सम्बोधन भएको छैन । हाम्रो मागलाई लिएर सरकार त्यति तत्पर देखिएको छैन । अब अहिले आएर संविधान संशोधन, बजेट वितरणको कुरा, भूमि अध्यादेशको कुरामा हामी मोर्चा बन्दी गरेर गैसकेपछि पक्कै पनि जनताकै लागि राम्रो गर्न ल्याएको हो भने हाम्रो कुरा सुन्छ र सुन्नुपर्छ ।’’

लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् ।