उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
विद्यालयकेन्द्रित ‘एक गुरु बहुकला संस्कृति प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । ८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो ।
स्रष्टा प्रेमध्वज प्रधानका नाममा स्थापित ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ ले प्रेमध्वज प्रधानको जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पु¥याउने चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताउनु भएको छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यसाथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ ।
सुनसरीका सयौँ मिटरब्याजपीडितले साहु महाजनका कारणले घरबारविहीन बनेको गुनासो गरेका छन् ।
सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताउनुभएको छ ।
विगतका वर्षभन्दा यस वर्ष छिटो मनसुन भित्रिने भएपछि बर्दिया जिल्लाका कृषक खेत जोत्न व्यस्त छन् तर कृषकले खेतबारीमा प्रयोग गर्ने युरिया र डिएपी मलको भने अभाव छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपलिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताउनुभएको छ ।
कृषिप्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो ।
बागमती प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउन योजना बैङ्क स्थापना गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा समृद्ध प्रदेश निर्माण गर्न सरकार दृढ सङ्कल्प गर्दै प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड दिने भएको छ ।
राष्ट्रिय योजना आयोगले एक हजार ३२७ वटा आयोजनालाई आयोजना बैङ्कमा प्रविष्ट गरेको छ । आयोजना बैङ्कमा नरहेका आयोजनालाई बजेट विनियोजन नगर्ने व्यवस्थाबमोजिम आयोगले अन्तिम समयमा सो आयोजनालाई बैङ्कमा राखेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् ।