दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पारेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्क अनुसार आठ १०९ जनामा डेङ्गु पुष्टि भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभएको छ । मङ्गलबार कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्नुहुँदै उहाँले शतक पूरा गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बारे रहेको व्यापक उत्साहका बिच यसको प्रभावले विश्वका धनी र गरिबबिचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ ।
छैठौँ बेँसीसहर नगर कपको उपाधि बेँसीसहर नगरपालिका वडा ११ चितिले जितेको छ । बेँसीसहर नगरपालिका-१०, बाँझाखेत र ११ चितिबिच भएको फाइनल खेलमा ट्राइब्रेकरमा वडा ११ ले जित हात पारेको हो ।
बाजुराको सदरमुकाम मार्तडीस्थित एक ग्यारेजमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत सर्ट हुँदा सदरमुकाम मार्तडीस्थित प्रकाश थापाको ग्रिल, फर्निचर उद्योग तथा ग्यारेजमा आगलागी भएको हो ।
रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा-२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ ।
अभिभावकमा सचेतनाको अभावका कारण ग्रामीण समुदायका महिलाहरु अझै लैङ्गिक हिंसाबाट पीडित हुनेगरेको महिलाहरुले बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।
संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्ररूपमा चिन्तित बनेको छ ।
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई विभिन्न दाताबाट सहयोग प्राप्त भएको छ ।
गोरखापत्र संस्थानमा कार्यरत दुईजना कर्मचारी अनिवार्य अवकाशपछि आज संस्थानबाट विदाई हुनुभएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई एक कार्यक्रमबिच विदाई गर्नुभयो ।