शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर १६ गते । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखाको सहिद लखन थापा गाउँपालिका वडा नं ६ का दीपक श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ ।
बौद्ध धर्मावलम्बी गुरुङहरूको आदि थलोमा जन्मे–हुर्केका उहाँले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगाल्नु भएको छ ।
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका गुरुङले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गर्नु भएको छ ।
केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गर्नु भएका उहाँले नेपाल खानेपानी संस्थान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर कार्य गरेको अनुभव छ ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनु भएको हो ।