धनकुटा नगरपालिका–२, चापेका कृषक अमृत रानामगरले आफ्नो बारीमा लगाएको किवी अहिले सबै मास्नुभएको छ । विसं २०७० देखि किवी खेती सुरु गर्नुभएका मगरले करिब पाँच रोपनी क्षेत्रफलमा किवी लगाउनुभएको थियो । विभिन्न रोगकिराले सताएपछि उहाँको बारीमा अहिले केही बोट मात्रै किवी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
आयोजना तथा कार्यक्रमका लागि निश्चित शीर्षक नतोकी बजेट राख्ने प्रवृत्ति अन्त्य गरिने भएको छ । भागबन्डा नगरिएको अर्थात् ‘अबन्डा’ भनिने त्यस किसिमको बजेट नराख्ने विषयमा तीन वटै तहका सरकार सहमत भएका हुन् ।
६१ मेगावाटको नारखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । सिँगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको यो आयोजनाको वित्त व्यवस्थापनका सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो ।
उपभोक्ता अदालत गठन भएको आठ महिनामा २८ वटा मुद्दा दर्ता भएकोमा १३ वटा फस्र्योट भएका छन् । जसमा पाँच वटा मुद्दाको फैसला, दुई वटा मुद्दामा मिलापत्र भएको छ भने छ वटा मुद्दा फिर्ता भएका छन् ।
मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको आर्थिक अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्थानीयको विरोधपछि निर्माण बन्द रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेंसी जलविद्युत आयोजनाको भविश्यबारे अन्योलता कायमै रहेको छ ।
बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइल खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् ।