जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
कञ्चनपुरमा एकै पटक १३९ रुख काटेर गायब पारिएको छ । कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैध रूपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने गृहकार्य सुरु भएको छ । यसअघि नेपालको गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
जन्म र मृत्यु शाश्वत सत्य भए पनि सुदूरपश्चिममा यही प्रक्रियालाई अपवित्र मान्ने चलन कायमै रहेको छ । महिनावारीलाई नानी छाउ, सुत्केरीलाई ठुली छाउ, मान्छेको मृत्यु भए मडेछाउ र शिल्पकार समुदायको जातीय छाउ मान्ने कुरीति कायमै छन् ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् ।
देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् ।
भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा काँस्य पदक जित्न सफल हुनुभएको छ ।
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला सहिद रोलान् हामीले उन्नति गरेर नगए । – कवि भूपि शेरचन
नेपालमा विद्यालयदेखि उच्च शिक्षासम्म सिकाइमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्न धेरै प्रयास भएका छन् । शिक्षण संस्थाका लागि भवन, पुस्तकालय तथा प्रयोगशाला जस्ता भौतिक अवस्थामा ध्यान दिनुका अतिरिक्त समय अनुसार पाठ्यक्रम निर्माण, प्रबोधीकरण, तालिम, पुनर्ताजगी तालिम, शिक्षण सामग्री निर्माण र शिक्षण विधिका बारेमा धेरै लगानी भएको छ । शैक्षिक जनश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ ।