भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।
राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुको बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो । टस हारेको पोखराले पहिले ब्याटिङको निम्तो पाएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका–४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।
भारत सरकारले सबै स्मार्टफोन निर्मातालाई सरकारद्वारा सञ्चालन गरिएको साइबर सुरक्षा एप ‘सञ्चार साथी’ अनिवार्यरूपमा पूर्व-स्थापना गर्न निर्देशन दिएपछि प्रयोगकर्ताको गोपनीयताबारे गम्भीर चिन्ता उब्जिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ। मङ्गलबार पाहुनालाई स्वागत गरेर औपचारिक सुरुवात गरिएको छ।
परीक्षामा गणित विषयको नतिजा सुधार गर्न रेसुङ्गा नगरभित्रका निजी तथा सरकारी विद्यालयका गणित शिक्षकलाई शिक्षण कौशलसम्बन्धि तालिम प्रदान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रूसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको बताउनुभएको छ ।
कैलालीको भजनी नगरपालिका-९, ओमशान्ति सामुदायिक वनका अध्यक्ष राजकुमार चौधरी एक वर्षदेखि कैलाली जिल्ला अदालत धाइरहनुभएको छ ।
सुनवल स्वाठीकी कमला चौधरीलाई अहिले वर्षभरका लागि इन्धनको स्रोतको रूपमा दाउराको जोहो गर्नुपर्ने जिम्मेवारी छ । दाउरा र गुइँठाको भरमा खाना पकाउँदै आएको चौधरी परिवारलाई जाडो लागेसँगै दाउरा अपरिहार्य छ ।
देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।