किशोरकिशोरीको प्रजनन स्वास्थ्य र भविष्य सहज होस् भनेर नेपालको कानुनमा विवाहका लागि उमेर २० वर्ष तोकिए पनि बालविवाह रोकिएको छैन । बालविवाह कतिले गरिरहेका छन् भन्ने आधिकारिक तथ्याङ्क नभ
बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा बाङेचौर खेल मैदानमा जारी तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबार दुई खेल हुँदै छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहना अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरमा
जङ्गली हात्तीले गत मङ्गलबार राति कञ्चनपुरको वनकट्टीका नन्दलाल विष्टको घरमा आक्रमण ग¥यो । भीमदत्त नगरपालिका–१४ स्थित मध्यवर्ती क्षेत्रमा रहेको उहाँको कच्ची घर भत्काएर घरभित्र पसेको हात्तीले उत्पात त्यत्तिमै सीमित राखेन, विष्टकी श्रीमती ४५ वर्षीय धनाको ज्यान पनि लियो ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो ।
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान विद्यार्थीको तालाबन्दीका कारण एक सातादेखि पूर्ण रूपमा ठप्प बनेको छ । छात्र छात्रा दुवैका लागि छात्रावास खोल्नुपर्ने माग गर्दै बिएसएजी छैठौँ र सातौँ सेमेस्टरका ६९ विद्यार्थीले मङ्सिर ७ गतेदेखि क्याम्पस कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएको आठ दिन हुँदा पनि क्याम्पस सञ्चालनमा आउन सकेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुलुङ भाषा
हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगन्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
देशकै नमुना तीनमुखे पुल निर्माणको काम सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । विसं २०७१ मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीनमुखे पुलको निर्माण कार्य तीन वर्षपहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारिक रूपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायले आआफ्ना तयारी तीव्र बनाइरहेका छन् । २०६४ र २०७० सालको संविधान सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव बटुलेका पूर्वप्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ अहिले निर्वाचनको तयारी सन्तोषजनक रहेको बताउनुहुन्छ । निर्वाचन सफल
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीयय भवन निर्माण यसै वर्षबाट सुरु हुने भएको छ ।
समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
उखु उत्पादक किसानहरूले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन् ।