इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले काराकासस्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् ।
हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गर्नु भएको छ ।
चिनियाँ जल क्षेत्रमा अवैधरूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ ।
नयाँ दिल्लीले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको पाकिस्तानी मिडियामा प्रसारित दावीलाई अस्वीकार गर्दै चक्रवात प्रभावित श्रीलङ्कामा राहत सामग्री बोकेको पाकिस्तानको सहायता उडानलाई द्रुत स्वीकृति दिएको बताएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
किरात लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नामको अवसरमा मङ्सिर १८ गतेदेखि लिम्बू समुदायका विभिन्न सांस्कृतिक उत्सव सुरु हुने भएको छ ।
यहाँको थासाङ गाउँपालिका–४, घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।
नेकपा एमाले सिन्धुलीले पार्टीको आसन्न ११ औं केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।
निर्वाचन आयोगले गुल्मीका तीन मतदान स्थल थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्र केन्द्रित सीमा नाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमको कमान्डमा ९ जनाको प्रहरी टोलीले हिमाली क्षेत्र केन्द्रित सिमा नाका अनुगमन गरेको हो ।