• १६ मङ्सिर २०८२, मङ्गलबार

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

blog

चितवन,  मङ्सिर १६ गते ।  नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ । 

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उहाँले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताउनुभयो । 

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उहाँले बताउनुभयो । महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उहाँले भन्नुभयो, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।” रासस