लामो समयदेखि सम्पन्न हुन नसकेको पूर्ण विद्युतीकरण ठेक्का कार्यको प्रगति र समाधानका विषयमा यहाँ छलफल भएको छ ।
सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा अधिकारकर्मीले प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा नियन्त्रणका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको नयाँ प्रशासनिक भवन तयार भएपछि आफ्नै भवनबाट सेवा दिन थालिएको छ।
घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
मधेश प्रदेशमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ ।
रियल म्याड्रिडले स्पेनिस ला लिगामा शीर्ष टोली बार्सिलोनासँगको अङ्क दूरी घराउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हरायो ।
मध्यविन्दु नगर अस्पतालको आइतबार उद्घाटन गरिएको छ । नगर प्रमुख भीमलाल अधिकारीले अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।
चासोक तङनामको अवसरमा आठौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ ।
लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्पोजर पाउँदै आएको एपिएफका महिला खेलाडीले शनिबार दशरथ रङ्गशालामा आफुलाई निरिह बनाए ।
मुक्तिनाथ विकास बैंक लिमिटेड धनकुटा शाखाले करिब ५० जना भन्दा बढी महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम सम्बन्धि जानकारी गराएको छ ।
अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत् निक्षेप खिच्न लागेको हो।
नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ। कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो।
ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा सुन्तला खेतीको आकर्षण बढ्दै गएको छ। गाउँपालिकाको विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयले सुन्तला खेतीमा निकै आकर्षण देखाउँदै आएका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ।