निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।
दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नुभएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनकामना मन्दिरको जीर्णोद्वारका लागि आर्थिक सहयोग गर्नुभएको छ।
मनाङ जिल्लाको चामे गाउँपालिका–४, सिङ्गारखर्कमा फेला परेको नयाँ हिमताल ‘काजिनसारा ताल’ को प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गर्नु भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमा होमिएको दाबी गर्नु भएको छ।
नेपाल पत्रकार महासङ्घले सञ्चार सम्बन्धि दुविधाको निराकरणसँगै कार्य सम्पादनमा सहजताका लागि सञ्चार ऐन बनाउन स्थानीय तहहरुसँग आग्रह गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत मङ्गलबार मात्र पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली खेलाडीको प्रशिक्षण क्याम्प भने यसअघिनै सुरु भईसकेको छ ।
मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ।