विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा आगलागीमा परी गम्भीर घाइते एक वृद्धाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका-११, गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।
आधुनिक समाज, मानव अधिकार र समावेशीकरणका कुरा भइरहँदा तनहुँको व्यास नगरपालिका–८, बर्लाचीमा भने २६ वर्षीय झलक बिक पशुलाई जस्तै दाम्लोले बाँधिएर दिन बिताइरहेका छन् । जन्मजात बहुअपाङ्गता भएका झलक हिँड्डुल गर्न असमर्थ छन् ।
दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ ।
रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो ।
केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ ।
नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेसागत सुरक्षाका लागि निरन्तर सङ्घर्षरत रहने महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान सन्दर्भमा नेपाली पत्रकारिता आर्थिक सङ्कटबाट गुज्रिरहेको निचोड पनि भेलाले निकालेको छ । सञ्चारगृहको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव बढ्नु र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको भेलामा औँल्याइएको छ ।
अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं —१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले विशेषज्ञसहितको सेवा लिएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको पोलदम्कीखोलामा पक्की पुल शिलान्यास गरिएको छ । पक्की पुलको बागमती प्रदेशकी पूर्वमन्त्री कुमारी मोक्तानले एक कार्यव्रmमबिच शिलान्यास गर्नुभएको हो ।
तराई मधेशमा दुई दिनदेखि बाक्लो हुस्सु र चिसो हावाका कारण चिसो ह्वात्तै बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै
कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने भएको छ । कारागार व्यवस्था ऐन, २०७९ को दफा ५४ को (३) उपदफा (१) बमोजिम कारागारको आन्तरिक व्यवस्थापनका लागि तोकिने चौकीदार, नाइके वा सहनाइके तोक्दा एक वर्षभन्दा बढी समयका लागि तोक्नु हुँदैन तर कञ्चनपुर कारागार प्रशासनमा विगत आठ वर्षदेखि एउटै कै
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
उत्तरी गोरखाको बेनीघाट–आरुघाट– लार्के सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–३ कालोभीरमा ठुलो ढुङ्गा खस्दा दोभान–जगत सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।