समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।
निर्माण कम्पनीको लापरबाही र बेवास्ताले बाँकेको जानकी गाउँपालिकाको प्रशासनिक भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।
गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ ।
बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।
यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ ।
उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो ।
ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला परेका हुन् ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुरमा शनिबार साँझ ७ः३० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
अघिल्लो वर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ का विभिन्न सात स्थानमा किरियापुत्री ट्रस्ट निर्माणको योजना पूरा हुन सकेको छैन । त्यो योजनाका लागि नौ लाख ८० हजार रुपियाँ विनियोजन तथा नगरपालिकाको रातो किताबमा समेत छापिए पनि योजना पूरा हुन सकेको छैन ।
प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ । सामाजिक सञ्जाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेष गरी महिला तथा किशोरी हिंसाको सिकार हुने गरेका छन् ।
दुई दिनदेखि एकासी बढेको चिासोका कारण विपन्न समुदायको जनजीवन कष्टकर हुँदै गएको छ । विपन्न समुदायमा पनि मुसहर समुदाय चिसोबाट निकै प्रभावित भइरहेको छ ।