• ६ पुस २०८२, आइतबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

blog

प्रवीण कुमार शर्मा 
रौतहट, पुस ६ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुरमा शनिबार साँझ ७ः३० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गरुडाबाट बाल्चपुर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१३प ३०६२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको तथा मोटरसाइकलमा सवार व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका –४ सुन्दरपुरका ५० वर्षीय प्रमोद साह कानु रहेको उहाँले बताउनुभयो । घाइते सोहि ठाउँका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेकाले चन्द्रपुर प्रालि अस्पतालमामा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल बारा पठाइएको उहाँले बताउनुभयो ।

घटनामा संलग्न रहेको आशङ्कामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो ।