वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल रु ४५ हजार जरिवाना गरेको छ ।
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ ।
विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन ।
कोसी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले पूर्वी पहाडमा हुने गरेको गाँजा खेतीबाट विस्थापित गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीको कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । साक्षर प्रदेश घोषणाका लागि मापदण्ड पूरा गरेपछि यहि पुस १३ गते प्रदेशलाई साक्षर प्रदेशका रुपमा घोषणा गरिने भएको हो ।
गुल्मीदरबार गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ईश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक सुनिता डंगोलले भद्रकाली मन्दिरको पुनर्निर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।
नेपालमा तालतलैया प्रशस्त छन् । प्राकृतिक र मानव निर्मित तालतलैया देशकै सुन्दर सम्पदा हुन् । यिनको संरक्षण तथा संवर्धनबाट पर्यटन प्रवर्धन गर्न सकिन्छ । पर्यटकीय राजधानी पोखरा तालैतालको सुन्दर स
गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित निन्युखर्क माद्यामिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने विद्यालय भवनको मङ्गलबार भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले संयुक्त रुपमा शिलन्यास गर्नुभयोे ।
सार्वजनिक प्रशासनले अनुमति दिएभन्दा बढी कुनै पनि मुलुकको विकास र सरकारको प्रभावकारिता हुँदैन । त्यसैले सरकारहरू आफ्नो विवेकशील मानवीय संयन्त्र प्रशासनको सुधार र परिवर्तन गर्न भरमग्दुर प्रयासमा छन् । सरका
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
निजामती सेवा नेपालको सार्वजनिक सेवाको मेरुदण्ड हो ।