१२० वर्ष अघिको गोर्खापत्र
१. सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ? पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना) – स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । द बेस्ट फिफा अवार्ड, २०२५
दिगो विकास लक्ष्य १. दिगो विकास लक्ष्यको अवधारणा उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घबाट तयार गरी विश्वव्यापी रूपमा अवलम्बन गरिएका दिगो विकासका लक्ष्यहरूको सूची तयार पार्नुहोस् ।
सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान/गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा माघ १५ देखि १९ गतेसम्म गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ । उक्त कुरा मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पाल्पा दरबार सङ्ग्रहालयपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठीको आयोजनामा दरबारपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको हो ।
लेखक डिल्लीबहादुर बिसीको कृति ‘विवेचना’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ‘विवेचना’ समसामयिक समाज, राजनीति र जीवनका विविध पक्षलाई विचारप्रधान ढङ्गले प्रस्तुत गर्ने कृति भएको बताउनुभयो । उहाँले यस्ता कृतिले समाजमा वैचारिक बहसलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।
सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल (इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालि) ले किसानको सात करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।
सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ १५ पैसा र बिक्रीदर १४३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ ।
नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने सुझाव नेपाल राष्ट्र बैङ्कलाई दिइएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा सामान्य अवस्थामा प्रत्यक्ष जिम्मेवारी केही हदसम्म सीमित गरे पनि नेपाललाई ग्रे लिस्टबाट हटाउने सन्दर्भमा राष्ट्र बैङ्कले अझै सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेसका आठ निवर्तमान सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा सामेल हुन माग गर्दै थप ६० सांसदले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेका छन् । नेपाली कांग्रेसका ५७, स्वतन्त्र र अन्य दुई दलका एक÷एक गरी मङ्गलबार ६० सांसदको हस्ताक्षरसहितको पूरक निवेदन दर्ता भएको हो । इजलासले अनुमति दिएमा सरोकारवालाका रूपमा उनीहरूले मुद्दामा प्रतिनिधित्व गर्ने छन् । पूरक निवेदन संवैधानिक इजलासमा बुधबार (आज) पेसी चढ्ने छ ।
विद्यार्थीको पढाइमा थापाथलीस्थित दी ब्रिटिस कलेजले लापर्बाही गरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।