जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ। मगलबार प्रदेश कमिटीको र जिल्ला
म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ ।
नेपाल र चीनबिच व्यापार, लगानी, पुर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य र प्रविधिको क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै विज्ञहरुले भविष्यमा यि क्षेत्रमा थप सहकार्य गर्न सकिने औल्याएका छन् ।
आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ स्थित मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) फेला परेको पुष्टि भएको छ ।
सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे विश्वविद्यालय परिवारले गम्भीर चासो व्यक्त गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।
बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ।
कोहलपुर उद्योग वाणिज्य सङ्घले बुधबारदेखि सञ्चालन गर्न लागेको कोहलपुर महोत्सवको तयारी पूरा भएको जनाएको छ ।
नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो ।
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।