नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ ।
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, सिन्धुलमा घेराउ गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गर्नुभएको छ ।
म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरेको छ ।
बुलौदी र फिर्केखोलाले फेवातालको गाईघाटमा थुपारेको गेग्रान निकाल्न थालिएको छ। पोखरा महानगरले त्यहाँको करिब ३० रोपनीमा जम्मा भएको गेग्रान निकाल्न फूलबारी कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ।
थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रमा गोलाबारी र ट्याङ्क-माउन्टेड मेसिन गनको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको छ ।
जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्थास्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबिच, उहाँको ९२ औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकावासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नोकरी जाइसे न अभिएसे न कहिए बलम जी, घरे छुटी लके और कुछदिन रहिए बलम जी । टाउकोमा भारी, काँधमा गम्छा, मुहारमा मिठो मुस्कानसहित गीतमा रमाउँदै व्यापार गर्नुहुन्छ घुरन दास ।