नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
बेंसीसहर नगरपालिका –२, भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण कोषमा करिब ९० लाख रुपियाँ संकलन भएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नु भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले “महाकाली सन्धि ः भ्रम र वास्तविकता” पुस्तकको विमोचन गर्नुभएको छ ।
जुम्लाको दुर्गम आवासीय विद्यालयमा अन्तराष्ट्रिय स्तरका सात हजार पुस्तक सङ्कलित पुस्तकालय स्थापना गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताउनु भएको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले काठमाडौँमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन व्यस्त रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा करिब १४ सय निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
सुदूरपश्चिमको मन्त्रीपरिषद्ले सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रुपमा लागु गर्न निर्देशिका स्वीकृत गरेको हो ।
रौतहटको माधवनारायण नगरपालिका –६ का अति विपन्न घर परिवारलाई कम्बल वितरण गरिएको छ ।
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।
जिल्लाको शिवराज नगरपालिका –५ चन्द्रौटा हाटबजार अगाडि नालीमा एक पुरुषको शव फेला परेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ ।
बर्दियामा हरेक वर्ष हुँदैआएको जलपन्छी गणना सोमबारदेखि हुने भएको छ । जलपन्छी गणनाका लागि सरोकारवाला निकायको बिचमा समन्वय बैठक बसी सोमबारदेखि गणना गर्ने निर्णय गरिएको हो ।
दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका –१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन् ।