उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङको चराङ पासमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि क्यामरा जडान गरिएका छन् । सो क्षेत्रमा मात्र नभई हिउँचितुवा पाउने सम्भावना रहेका ठाउँमा हिउँचितुवालाई कैद गर्न क्यामरा जडान गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्राविधिकको टोलीले समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा क्यामरा जडान गरेको छ ।
बाँकेका अधिकांश थारू गाउँबस्तीमा माघीपर्वको रौनक देखिन थालेको छ । माघी आउन केही दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो । जिल्लाका अधिकांश गाउँबस्तीमा थारू पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुनाटपरी खुट्न व्यस्त रहेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले १०४ ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिएको छ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समिति स्पष्ट रूपमा विशेष महाधिवेशनको पक्षमा खुलेको छ । प्रदेश कार्यसमितिमा विशेष महाधिवेशन समर्थकको बहुमत छ भने प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लाका सभापति पनि यही धारमा देखिएका छन् । प्रदेश सभापति अमरसिंह पुनका अनुसार लुम्बिनी प्रदेशबाट विशेष महाधिवेशनको पक्षमा अधिकांश प्रतिनिधि खुलेका छन् । उहाँले भन्नुभयो, “प्रदेशबाट काठमाडौँ जाने प्रतिनिधिको व्यवस्थासमेत भएर काठमाडौँ पठाइएको छ ।” लुम्बिनी प्रदेशमा रहेका ६७६ जना महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढी विशेष महाधिवेशन पक्षधर रहेको पुनको दाबी छ ।
जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
एनएमबी बैङ्क कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
शुक्रबार राति हुम्लामा एक महिला बाटोमै सुत्केरी हुनुभएको छ । घरमा सुत्केरी बेथा लागेर जिल्ला अस्पतालको प्रसूतिगृहतर्फ लैजाँदै गर्दा खार्पुनाथ–४, छिप्रागाउँ घर भई हाल सिमकोट गाउँपालिका–६ को लादेबाडा बस्ने २२ वर्षीय सुशीला परियार राति ११ बजे बाटोमै सुत्केरी हुनुभएको हो । बाटोमै सुत्केरी भएपछि तत्काल उहाँको उद्धार गरिएको छ । शुक्रबार राति माइनस आठ डिग्री सेल्सियस चिसोमा बाटोमै सुत्केरी भएकी परि
गुल्मीको सदरमुकाम तम्घासस्थित सहिद चोकमा कल्भर्ट पुन :निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ। निकै व्यस्त देखिने यहाँको कल्भर्ट जीर्ण बन्दै गएपछि भत्काएर पुनः नयाँ पक्की कल्भर्ट निर्माण गर्न थालिएको थियो।
सुर्खेतका विभिन्न धर्मगुरु सामाजिक अपराधको रूपमा रहेका जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसाविरुद्ध सामूहिक रूपमा अग्रसर हुन सहमत भएका छन् ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘मिलीजुली खाऊँ’ भन्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार महेन्द्रनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सार्कीले सो कुरा बताउनुभएको हो । विकास योजनाका बजेटमा मिलीजुली खाने तथा विकास न्यून हुने विषयमा उठेका सवालको जवाफ दिँदै मन्त्री सार्कीले यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विश्वव्यापिकरण र ध्रुवीकरणको वर्तमान परिवेशमा राष्ट्रिय एकता मजबुत बनाउँदै देश र जनताको साझा हितमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
गत वर्षको असोजमा आएको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणले गति लिएको छ । राजमार्गको पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्नका लागि सडक डिभिजन भक्तपुरले काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा विभाजन गरेर काम सुरु गरेको हो ।