नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको हाे ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ ।
कपिलवस्तु जिल्लामा परम्परागत माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक समयसँग जोड्ने उद्देश्यका साथ सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम दिइएको छ ।
म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरधामस्थित ज्येष्ठ नागरिक आश्रमका महिलाहरूलाई लक्षित गरेर सञ्चालन गरिएको स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ८२ जना वृद्धा महिलाले उपचार सेवा पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १२ करोडको २४ लाखको लगानीमा १५ शय्याको अस्पताल निर्माण भएको छ । ठाकुरबाबा नगरपालिका वडा ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी नगर अस्पतालको भवन निर्माण भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
आज ३०४औँ पृथ्वीजयन्ती ।नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ ।
गुल्मीमा पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य थालिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल ।
चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बसमध्ये एउटा फेला परेको छ ।
चर्चित लोक युवा गायक अर्जुन सापकोटाले तेस्रो चापाकोट महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको छ ।
गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
कर्मचारी मिलन केन्द्र नवलपुरको शनिबार सम्पन्न भेलाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।