पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् ।
लहान नगरपालिकाको उत्तरी भृगमा चुरे पर्वतको छेउमा पर्ने वडा १६ आरी दमारका हात्ती आक्रमण पीडितलाई लहान नगरपालिकाले राहत दिएको छ।
सिराहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ ।
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ ।
विरूवा गाउँपालिका वडा ६ लेवामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाल्पामा ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । रामपुर नगरपालिका-६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित सलामी अर्पण गरी आइतबार दिवस मनाइएको हो ।
अमेरिकासँगको व्यापार सम्झौता अनिश्चित बनेपछि भारतले निर्यातकका लागि नयाँ बजार खोल्ने र कडा अमेरिकी शुल्कको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले आक्रामक रूपमा वैकल्पिक व्यापार सम्झौता खोजिरहेको छ ।
कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव आयोजना हुने भएको छ ।
इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताले जनाएका छन् ।
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारको सडक ढलान सकिएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कार्यले ७ वर्षमा पूर्णता पाएको हो ।
म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
बेंसीसहर नगरपालिका –२, भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण कोषमा करिब ९० लाख रुपियाँ संकलन भएको छ ।