गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
कर्मचारी मिलन केन्द्र नवलपुरको शनिबार सम्पन्न भेलाले विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
गोरखाको शहीद लखन गाउँपालिका खेतबारीको माटो परीक्षण गर्दा अम्लीयपन भेटियो छ ।
बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नीमा रहेको किम्नी झरना संरक्षणको पर्खाइमा छ ।
प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङकी स्रष्टा मधु गुरुङको नवीनतम उपन्यास जीवनको गीत माथि विमर्श कार्यक्रम सम्पन्न भयो ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको निस्सा वितरण कार्यलाई तीव्रता दिइएको छ ।
गत वर्षदेखि विस्थापित मुसिकोट नगरपालिका–१ थाम बिसौनाका पहिरो पीडित १५ घर परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् ।
एक साताअघि हत्या भएको ईश्वरपुर नगरपालिका–२, राइटरखोर निवासी वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई शनिबार आर्थिक सहयोग गरिएको छ ।
विसं २०७७ को वर्षाका कारण आएको पहिरोले बस्नै नहुने गरी घर भत्किएपछि धनकुटाको सहिदभूमि गाउँपालिका–६, माम्फिङकी धनकुमारी राईले सरकारको भरोसामा नयाँ घर निर्माण गर्नुभयो ।
धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न सुनसरी प्रशासनले अपिल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको अन्तर्क्रिया तथा छलफल कार्यक्रमपछि धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्न अपिल गरिएको हो । जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी समझदारी कायम राख्ने विषयमा सर्वपक्षीय अन्तक्रिया तथा छलफल भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो ।
धनुषासहित तराई मधेशका जिल्लामा यतिबेला बिहानैदेखि मूर्तिकारको आँगन र गल्लीमा माटो मुछ्ने, ढाल्ने र आकार दिने चहलपहल देखिन्छ । हातमा चिसो माटो, मनमा सरस्वती पूजाको आशा बोकेर मूर्तिकार परम्परागत सिपमा जुटिरहेका छन् । पुस्तौँदेखि चल्दै आएको यही पेसाबाट उनीहरूको गुजारा चल्दै आएको छ तर यसपालि तराई मधेशमा अत्यधिक चिसो र शीतलहरले मूर्ति सुकाउन कठिन भएको मूर्तिकारको भनाइ छ ।
जिल्लाका सबै स्थानीय तहमा कुष्ठरोगका बिरामीको प्रमाणिकरण तथा खोजपड्ताल गर्दा १८ जना बिरामीको पहिचान भएको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङको चराङ पासमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि क्यामरा जडान गरिएका छन् । सो क्षेत्रमा मात्र नभई हिउँचितुवा पाउने सम्भावना रहेका ठाउँमा हिउँचितुवालाई कैद गर्न क्यामरा जडान गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्राविधिकको टोलीले समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा क्यामरा जडान गरेको छ ।
बाँकेका अधिकांश थारू गाउँबस्तीमा माघीपर्वको रौनक देखिन थालेको छ । माघी आउन केही दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो । जिल्लाका अधिकांश गाउँबस्तीमा थारू पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिला रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुनाटपरी खुट्न व्यस्त रहेका छन् ।