• २७ पुस २०८२, आइतबार

विपन्न नागरिकलाई कम्बल सहयोग

blog

माधवनारायण –६ का विपन्न नागरिकलाई डबल ब्ल्याङ्केट वितरण गर्नुहुँदै माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवलगायात । तस्बिरः प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

रौतहट, पुस २७ गते । रौतहटको माधवनारायण नगरपालिका –६ का अति विपन्न घर परिवारलाई कम्बल वितरण गरिएको छ ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के अन्तर्गतका बिभिन्न १० वटा क्लवहरुको आयोजनामा माधवनारायण नगरपालिका –६ माधोपुरमा रहेका अति विपन्न दलित मुसहर बस्तीका ९० घर परिवारलाई डबल ब्ल्याङ्केट र पुष्टकारीको प्याकेट वितरण  गरिएको कार्यक्रम संयोजक एवं डिष्ट्रिक्ट सिनियर एडभाइजर लायन सुनीता  शर्माले जानकारी दिनुभयो ।

 ब्ल्याङ्केट बितरण कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिकासँग सीमित स्रोत साधन भएको र हरेक क्षेत्रमा बजेट प्रवाह गर्नुपर्ने भएकाले दातृ निकायको सहयोग आफूहरुलाई आवश्यक रहेको बताउनुहुँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरताका लागि आयोजकसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष  रामनरेश राय, दलित समुदाय विकास केन्द्र नेपालका  अध्यक्ष सुबासाहेब पाशवान, लायन्स क्लबमा आबद्ध अनिता थापा, कृष्णा मुलेपति बजिमयो, सविता श्रेष्ठ, रोशनी मुल्मी, गीता बस्नेतलगायतकाे सहभागिता थियो ।