भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । “अब सबै राजनीतिक दलले विकासको एजेण्डा लिएर जनतामाझ जानुपर्छ”, नेपालगञ्ज उपमहानगरपालिका २० ले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासबाहेक अन्य एजेण्डाको नाममा मत माग्न आउनेलाई आम जनताले पनि साथ दिन हुँदैन” ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार विहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले बताउनुभयो ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
डिभिजन वन कार्यालय सिरहाले प्राविधिक समस्या देखाई समयमै उपभोक्ता समिति गठन गर्न नसक्दा पर्यापर्यटन अन्तर्गत मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये झण्डै पाँच करोड रुपियाँ फिर्ता हुने भएको छ ।
काठमाडौं, असार २५ गते । पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका-७ घर भएर बुटलमा बस्दै आउनुभएका १८ वर्षीय जुम्ल्याहा दाजुभाइ लव–कुस पन्थीले नयाँ–नयाँ प्राविधिक मेसिन बनाउनु भएको छ। विगतमा उहाँहरु रोबोट बनाएर चर्चामा आउनुभएको थियो। उहाँहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट बनाउनुभएको थियो।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुख्र्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुख्र्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।
कैलालीमा मनसुनी वर्षापछि उफ्रिदै खेल्दै गरेका सुनौलो भ्यागुता ।
राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जित्नु भएको छ ।खेलामा पुरुष सिंगल्सतर्फ राजीव र महिलामा मनीता पहिलो हुनुभएको हो ।
इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन छात्र तथा ग्रान्डी स्पोर्ट्स सेन्टर छात्रामा च्याम्पियन बनेका हुन् ।
नेपालगञ्ज मेडिकल कलेज (एनजीएमसी) र सशस्त्र प्रहरी अस्पतालवीच सहुलियतमा सशस्त्र प्रहरीहरुको उपचार गर्ने सम्झौता भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडीहरु तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो हुनुभएको छ । देवलाल पुरुष र याङदी महिलामा च्याम्पियन बन्नुभएको हो ।