• १० मंसिर २०८१, सोमबार

टेबलटेनिसमा राजीव र मनीतालाई स्वर्ण

blog

खुला टेबलटेनिसमा विजेता खेलाडीहरु । तस्बिर : राखेप

काठमाडौं, असार २५ गते । राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ ।खेलामा पुरुष सिंगल्सतर्फ राजीव र महिलामा मनीता पहिलो हुनुभएको हो । 

नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोस्राे तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य तेस्राे हुनुभयो। महिलामा अंकिता वज्राचार्य दोस्राे तथा श्रेया आचार्य तेस्राे बन्नुभयो ।

भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि राजीव महर्जन पहिलो, मुकेश महर्जन दोस्राे तथा किरणमुनि वज्राचार्य र निकेनमान प्रधान तेस्राे हुनुभयो । भेट्रान सिंगल्सकै पुरुष ५० वर्षमाथि किरण ब्यञ्जनकारले स्वर्ण तथा रोशन शाक्यले रजत जितेको टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।