• २६ पुस २०८१, शुक्रबार

इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप

blog

एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबलको छात्र विजेता इन्साइट भिजनलाई ट्रफी प्रदान गरिँदै । तस्बिर : राखेप

काठमाडौं, असार २५ गते । इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन छात्र तथा ग्रान्डी स्पोर्ट्स सेन्टर छात्रामा च्याम्पियन बनेका हुन् । 

धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको छात्र फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले हरायो । छात्राको उपाधि भिडन्तमा ग्रान्डी स्पोर्ट्स सेन्टरले बलर्स एकेडेमीलाई ५–४ ले हरायो । छात्रमा इन्साइट भिजनका उर्गेन लामा र छात्रामा बलर्स एकेडेमीकी मनीषा शाही ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । 

विजेतालाई एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । लिग कम नकआउट आधारमा भएको तीनदिने प्रतियोगिताको छात्रमा २९ तथा छात्रामा १६ टिम सहभागी थिए ।