मध्याह्नको २ बजेको समय । जनवरी १७ को दिन । डा. सन्दुक रुइतको मोबाइलमा म्यासेजको घन्टी ‘टिङ्ग्रिङ’ बज्यो । डा. रुइतले मोबाइलको म्यासेज बक्स खोले, एउटा अपत्यारिलो सन्देश थियो । “हामीलाई यति ठूलो सम्मान के देलान् र ?” डा. सन्दुकको मनमा यस्तै लाग्यो । यस्तै सम्मान र पुरस्कारका नाममा अन्तर्राष्ट्रिय रूपमै ठगी धन्दा पनि त चलेको छ । सयौँ नेपाली यस्तै पुरस्कारमा लोभिएर लाखौँ उडाएका पनि छन् । कतै त्यस्तै त होइन ? त्यो म्यासेजमा बधाईसहित विश्वप्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको छोटो जानकारी थियो ।
“राजा पनि मान्छे हुन्” पर्रर तालीले कोठा तरङ्गित बन्यो । कविता वाचन गर्ने युवकले अझ जोसिँदै कविता टुङ्ग्याए । त्रिचन्द्र कलेजका विद्यार्थीबीच यो कविताले खुबै चर्चा कमायो । त्यो समय थियो, २०३१ सालतिर । राजा वीरेन्द्रको राज्याभिषेक भर्खरै सकिएको समय । एक महिनापछि कविका अघिल्तिर केही मान्छे उभिन पुगे । तिनीमध्ये केही कविका चिनारु नै थिए । एक जनाले भने, “तपाईंलाई अञ्चलाधीशले बोलाउनुभएको छ, हामीसँग हिँड्नुस् ।”
सिङ्गापुरका विश्वप्रसिद्ध कलाकार ओङ किम सेङले एक पटक वाटर कलर पेन्टिङ ‘अक्सन’मा राख्नुभएको थियो। त्यो ‘अक्सन’मा केही पेन्टिङ नेपालका थिए। नेपालको काष्ठकला, मठमन्दिर र पुरानो सहरको झल्को दिने ओङ किम सेङको पेन्टिङ त्यही बेला देखेपछि भारतका विख्यात कलाकार मिलिन्द मुलिक नेपालप्रति मोहित बन्नुभयो। सोही नेपालमोहले एकहप्ते कलायात्राका क्रममा मुलिक नेपालमा हुनुहुन्छ।
विक्रम संवत् २००१ मा ‘औद्योगिक व्यापारिक समाचार अड्डा’ खडा गरियो । तत्कालीन पूर्व १ नम्बर भनिने काभ्रे र सिन्धुको सामाजिक, आर्थिक र भौगोलिक अध्ययनको सुझावलाई कार्यान्वयनमा लैजान यो अड्डा खडा गरिएको थियो । यसको काम ‘औद्योगिक सर्भे’ थियो । औद्योगिक अड्डाका लागि पाँच जना अधिकृत माग गरियो । अड्डामा सत्यमोहन जोशी पहिलो पटक सरकारी जागिरे हुनुभयो । सरकारी जागिरे भएपछि ‘औद्योगिक सर्भे’कै लागि झिटीगुन्टासहित केही सहयोगी लिएर सत्यमोहन तनहुँ, लमजुङका गाउँबस्तीतिर पुग्नुभयो । समय थियो, २००१ सालको मध्य जाडो ।
विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी प्रायः कालो रङको जलप्रवाह हुने कालीगण्डकी शालिग्रामका लागि विश्वप्रसिद्ध छ। हिन्दु धर्ममा शालिग्रामलाई विष्णु भगवान्को साक्षात् रूप समेत मानिन्छ। कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै पश्चिमा वास्तुकलाको नमुनाका रूपमा रानीमहल रहेको छ। नेपाली समाजको विशिष्ट प्रेम प्रतीकका रूपमा रानीमहलले इतिहासको एउटा प्रेमिल कालखण्ड बचाएर राखेको छ। पाल्पाको श्रीनगरडाँडा आसपासबाट उत्तर बग्ने रानीघाट खोला कालीगण्डकीमै समाहित भएको छ। जहाँ प्रेम प्रतीकका रूपमा जीवित दरबार छ, रानीमहल। तानसेनबाट १३ किलोमिटर दूरीमा रहेको रानीमहल, नदी किनारको चट्टामाथि ठड्याइएको छ। पाल्पाका तैनाथी पश्चिम कमान्डर जनरल खड्गशमशेर राणाले रानी तेजकुमारी देवीको सम्झनामा पाँच वर्ष लगाएर विक्रम सम्बत् १९५४ मा सो दरबार निर्माण सम्पन्न गराएका थिए।
नेपाली स्कुलिङमा कला विद्यार्थी तयार नपारिएसम्म नेपाली कलामा मौलिकता ल्याउन सकिँदैन।” कला विज्ञानका डाक्टर रामकुमार भौकाजीका जीवन भोगाइ, सिकाइ, प्रयोग, अध्ययन र अनुसन्धानका निष्कर्ष थिए यी। तत्कालीन शोभियत सङ्घमा कलाको विद्यावारिधिपछि नेपाल फर्केर डा. भौकाजीले नेपाली कलाको जग खोतल्न, खोज्न थाल्नुभयो। त्यही जगको आडमा नेपाली कला शैलीको विकासे गोरेटो खन्न तल्लिन हुनुभयो। यद्यपि त्यो गोरेटोमा पूर्णविराम लगाएर साउन ५ गते हामीबाट बिदा हुनुभएको छ, डा. रामकुमार भौकाजी।
प्याङ अर्थात् बाँसका गिद्रा (चोया निकालेर बाँकी रहेको भित्री भाग) को प्रयोग गरी बनाइएका बट्टा । प्याङलाई स्थानीयले पोंचा भन्छन् । रैथाने सीप, ज्ञान र कच्चा पदार्थबाट बनाइने प्याङ एक समय नेपाली समाजमा दैनिक प्रयोगमा थिए ।
बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दक्षिण–पूर्वको यात्रापछि मध्य मधेशको रहनसहनयुक्त सिम्रौनगढ बजार पुगिन्छ । बजारको मध्यभागमा करिब आठ बिघा क्षेत्रफलमा फैलिएको शताब्दीयौँ पुरानो इशरा तलाउ छ । इतिहासको एउटा कालखण्डका रूपमा जीवित इशरा तलाउको पश्चितर्फ कङ्काली मन्दिरसहित केही धार्मिक पीठ रहेका छन् । जहाँ मूर्तिकलाको जीवन्त वैभव बोकेका केही खण्डित मूर्ति देख्न सकिन्छ ।