भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका समयमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा यही जेठ २ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा हुने भव्य समारोहमा सरिक हुन भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । यो भ्रमणलाई महìवका साथ हेरिएको छ ।
वृद्धावस्थामा कक्रिएको ज्यान र बिरामीका कारण विस्तरामै रहनुभएका ज्येष्ठ नागरिकलाई पनि स्थानीय तहको निर्वाचनले ऊर्जा प्रदान ग¥यो । १८ वर्षभन्दा माथिकाले मतदानको अधिकार पाएकोमा उहाँहरू त्यसमा दाबेदार त हुनुहुन्थ्यो नै उहाँहरूको लोकतन्त्रको अभ्यास गर्ने इच्छाशक्तिले उहाँहरूलाई बिस्तराबाट मतदान केन्द्रसम्म पु¥यायो । उहाँहरूमध्ये कतिपय सय वर्ष नाघेका हुनुहुन्थ्यो