• ५ जेठ २०८१, शनिबार

हट्यो फट्के, बन्यो पुल

blog

गोकर्ण पौडेल 

तुलसीपुर, असार २४ गते । १० वर्षे जनयुद्धकालमा सबैभन्दा सुरक्षित र छोटो मार्ग थियो बिजौरी हुँदै ग्वारखोलाको तिरैतिर रोल्पा पुग्ने घोडेटो बाटो। त्यही घोडेटो अहिले सडकका रूपमा निर्माण भएको छ। घोडेटोको अधिकांश ठाउँमा फट्के थिए। त्यही फट्के भएका ठाउँमा अहिले पुल निर्माण गरिएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार फट्केको ठाउँमा पुल निर्माण गर्दा बिजौरीदेखि होलेरीसम्म सडक सञ्चालनमा सहज भएको छ। 

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १९ बिजौरी, बाँसगढी, श्रीचौर हुँदै रोल्पाको रुन्टीगढी गाउँपालिका जोड्ने सडक क्षेत्र अन्तर्गत दाङको क्षेत्रमा भने यात्रा सहज हुने भएको छ। 

वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले तुलसीपुर उपमहानगरपालिकाले उक्त संरचना निर्माण गर्नका लागि १० लाख बजेट व्यवस्थापन गरेको बताउनुभयो। तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ठाउँमा संरचना निर्माण गरे पनि रोल्पा क्षेत्रभित्र पर्ने रुन्टीगढी गाउँपालिका क्षेत्रमा भने पुल निर्माण भएका छैनन्। 

सडक निर्माणमा आवाज उठाउँदै आएका सुरेन्द्र रोकाका अनुसार बिजौरीदेखि दहवनसम्म २८ किलोमिटर दुरी रहेको छ भने बिजौरीदेखि होलेरीसम्म ३० किलोमिटर दुरी रहेको छ।