• ४ जेठ २०८१, शुक्रबार

बागमती प्रदेशमा साढे पाँच लाख बाख्रालाई खोप लगाइयो

blog

हेटौँडा उपमहानगरपालिका १३ स्थित पदमपोखरीमा पिपिआर रोगविरुद्धको खोप लगाइँदै ।

राममणि दाहाल

हेटौँडा, फागुन २० गते । भेडा, बाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साताव्यापी खोप अभियान अन्तर्गत शनिबारसम्ममा पाँच १ लाख ४० हजार ८१ वटा प्रदेशको १३ जिल्लामा गरी  बाख्रामा पीपीआर रोगविरुद्धको खोप लगाइएको हो । 

मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बुधबारदेखि सुरुभएको पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत प्रदेशभित्र भेडा–बाख्रालाई लगाउन पीपीआर रोगविरुद्धको १५ लाख ९४ हजार खोपको मात्रा उपलब्ध भएको छ ।सङ्घीय सरकारमार्फत प्राप्त खोपको मात्राले हाल प्रदेशभित्र किसानले पाल्दै आएको भेडा–बाख्रामध्ये ५८.४२ प्रतिशतलाई मात्र पीपीआर रोगविरुद्धको खोप पुग्ने भएको छ ।

यस प्रदेशमा किसानले २६ लाख ७७ हजार २७५ भेडा, बाख्रा पालन गर्दै आएको मन्त्रालयको तथ्याङ्क छ । यस प्रदेशमा हालसम्म सबैभन्दा बढी मकवानपुरका ७४ हजार ६२८ र सबैभन्दा कम सात हजार ३७ वटा बाख्रामा खोप लगाइएको छ ।

मन्त्रालयका पशु चिकित्सक सुवास क्षेत्रीले प्रवक्ता कँडेलले पीपीआर रोगविरुद्धको खोप यसअघि नलगाएका भेडा, बाख्रालाई प्राथमिकता दिएर लगाइने भएकोले हाल उपलब्ध खोपको मात्रा पर्याप्त हुने बताउनुभयो ।  उहाँका अनुसार भेडा, बाख्रामा लाग्ने हैजाका रुपमा लिइने यो रोगविरुद्धको खोप तीन महिना पुगेका भेडा, बाख्रालाई मात्र लगाइनेछ ।

मन्त्रालयले  पीपीआर रोग कारण वर्षेनि ठूलो सङ्ख्यामा भेडा, बाख्रा मर्न थालेको भन्दै गत वर्षबाट सुरु गरेको रोगविरुद्धको खोप कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।

उहाँले पीपीआर रोगका कारण वर्षेनि भेडा, बाख्रा मर्दा पशुपालक किसानले आर्थिक क्षति बेहोर्नुपरेको र पशुपालन व्यवसायबाट पलायन हुनसक्ने सम्भावना रहेकोले पीपीआर रोगविरुद्ध अभियानका रुपमा भेडा, बाख्रालाई खोप लगाउन लागेको  बताउनुभयो ।

गत आवमा प्रदेशभित्र छ हजार ७५ वटा भेडा र नौ लाख ७३ हजार १२७ वटा बाख्रामा गरी नौ लाख ७९ हजार २०२ वटा पीपीआर रोगविरुद्धको खोप लगाइएको थियो ।

यो रोग नेपालका सबै जिल्लामा देखिएको र आर्थिक वर्ष २०५७/०५८ बाट पीपीआर रोगविरुद्ध खोप लगाउँदै आएको छ । 

यो रोग भेडा, बाख्रामा मात्र लाग्ने र मानिस तथा अन्य जनावरमा नसर्ने जनाइएको छ ।