• २२ वैशाख २०८१, शनिबार

फूलको कारोबार घट्यो

blog

काठमाडौँ, मङ्सिर १ गते । भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपाली सयपत्री फूलको खपत अनुुमानभन्दा ७० प्रतिशत कम भएको हो । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले यस पटक भारतबाट चाहिनेभन्दा बढी फूूल भित्रिएकाले नेपाली किसानले उत्पादन गरेका सबै फूल खेर जाने अवस्था आएको बताउनुुभयो । फ्यानले यो वर्ष ४० लाख फूलका माला खपत हुने अनुुगमन गरेको थियो । फ्यानका अनुसार ३५ लाख सयपत्री, साढे चार लाख मखमली, गोदावरी २० हजार र मिक्स माला ३० हजार खपत हुने भन्दै आएको थियो । मखमली, गोदावरी र मिक्स मालाको अनुुमान गरे अनुरूप कारोबार भए पनि सयपत्री फूलका मालाको खपत भने ३० प्रतिशतमै सीमित भएको फ्यानले जनाएको छ । 

तिहारमा  करिब बाइस करोडको कारोबार 

यस पटकको तिहारमा २०-२२ करोडभन्दा कम फूलको कारोबार भएको जनाइएको छ । एसोसिएसनका अनुसार यस पटकको तिहारमा ३१ करोड बढीको फूलको कारोबार हुुने अनुुमान गरेकामा अनुुमानभन्दा धेरै कम २०-२२ करोड मात्रै कारोबार भएको प्रारम्भिक अनुुमान रहेको फ्यानका अध्यक्ष तामाङले जानकारी दिनुुभयो । गत वर्षको तिहामा २६ करोड बढी फूलको कारोबार भएकोमा यस पटक सयपत्री फूल मागभन्दा बढी आयात भएकाले भाउ आधा सस्तो भएकाले सोचे अनुसार कारोबार नभएको उहाँको भनाइ छ । उहाँका अनुसार यस पटक अनुुमानभन्दा कम फूलको कारोबार हुुनुुमा आर्थिक मन्दीको पनि थोरै असर परेको देखियो । 

नेपालको उत्पादन ५० प्रतिशत नोक्सान

आवश्यकताभन्दा बढी फूल भारतबाट भित्रिँदा नेपाली फूल उत्पादक किसानका ५० प्रतिशत फूल बिक्री नभएको जनाइएको छ । फ्यानका अध्यक्ष तामाङले गैरपुष्प व्यवसायीबाट समन्वयबिना नै तिहार सुरु हुनुपूर्व भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्ड स्टोरमा स्टोरेज गरेका नेपाली उत्पादनले बजार नपाई करिब ५० प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको बताउनुुभयो । उहाँका अनुसार नेपाली बजारको सयपत्री फूलको मागको ७० प्रतिशत (३० लाख) माला भारतबाट भित्रियो । यस वर्षको तिहारमा आवश्यक सयपत्री फूल पर्याप्त उत्पादन हुँदाहुँदै पनि सरकारका निकायबिच समन्वय नहुँदा नेपाली किसानले उत्पादन गरेको फूलको नोक्सान भएको अध्यक्ष तामाङले बताउनुुभयो । यो पटक नेपालमा धेरै फूल उत्पादन भएकाले आयातको आवश्यकता थिएन । कृषि विकास मन्त्रालय अन्तर्गतको पुुष्प विकास केन्द्रले फूल आयात नगर्ने भन्दाभन्दै पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले आयातको अनुुमति दिएको थियो । जसले गर्दा पनि नेपाली फूल बढी नोक्सान भएको जनाइएको छ । 

सयपत्रीको माला सस्तो 

एसोसिएसनका अनुसार तिहारमा सयपत्री फूलको प्रतिमाला मूल्य ४० रुपियाँदेखि ४५ रुपियाँमा कारोबार भयो । यस्तै मखमली फूलको प्रतिमाला २५ देखि ३५ रुपियाँमा कारोबार भयो भने गोदावरी फूलको प्रतिमाला मूल्य ३५० मा कारोबार भएको एसोसिएसनले जनाएको छ । अध्यक्ष तामाङले यस पटक सयपत्री फूलको प्रतिमाला ९० देखि सय रुपियाँ खुद्रामा कारोबार हुने अनुुमान गरिएकामा भारतबाट आवश्यकभन्दा बढी भित्रिएकाले प्रतिमाला ५५ देखि ६० रुपियाँ घटाएर बिक्री गर्नु परेको बताउनुुभयो । 

एसोसिएसनका अनुसार यस वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेका ३२ जिल्लामा व्यावसायिक सयपत्री फूलको उत्पादन भएको थियो । मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश अन्तर्गतका तराई तथा केही मध्यपहाडी जिल्लामा कात्तिकको पहिलो सातादेखिको बर्सात र बाढीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो ।