• २१ असार २०८१, शुक्रबार

भूकम्प अद्यावधिक: नलगाढकी उपप्रमुख सिंहको मृत्यु

blog

वासुदेव शर्मा 

जाजरकेाट, कात्तिक १८ गते । गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनुभएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्याे ।