देवरामप्रसाद यादव
सप्तरी, कात्तिक १० गते । सप्तरीको विष्णुपुर गाउँपालिकामा घरेलु मदिरा तथा भट्टी नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज न्यौपानेले कच्चा पदार्थ ८०० लिटर र तयारी घरेलु मदिरा १२५ लिटर नष्ट गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विष्णुपुर गाउँपालिका–१ का राजदेवि सदाले सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने (भट्टि) लाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिई उक्त घरेलु मदिरा नष्ट गरेको हो ।