• २ कात्तिक २०८१, शुक्रबार

पुस्तक बिक्रीबाट उठेको रकम असहायका लागि प्रदान गरिने

blog

अमेरिका, असोज १७ गते । बाेस्टनलाई कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनुभएका लेखक तथा साहित्यकार शिवप्रकाशले असहाय तथा बालबालिकाका लागि रु. दुई लाख सहयोग गर्नुहुने भएको छ ।

उपन्यासकार शिवप्रकाशले केही महिना अघि प्रकाशित उपन्यास समभोकको बिक्रीबाट प्राप्त भएको रकम दुई वटा सामाजिक संस्थालाई प्रदान गर्न लाग्नुभएको हो । प्राप्त रकम उहाँले चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर (सञ्चालिका विमला श्रेष्ठ) र काठमाडौँस्थित रक्षा नेपाल (सञ्चालिका मेनुका थापा) लाई प्रदान गर्न लाग्नुभएको हो ।

उपन्यासकार शिवप्रकाशले उपन्यासको बिक्रीबाट प्राप्त भएको सबै रकम असहाय बालबालिकाका लागि प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै उपन्यास किनेर सहयोग गर्ने सबै पाठकलाई धन्यवाद पनि दिनुभयो ।

सुन्दर हरैँचा, मोरङमा जन्मेर करिब २४ वर्षदेखि अमेरिकाको बाेस्टनमा रहँदै आउनुभएका आधा दर्जन पुस्तकाकार कृतिका लेखक शिवप्रकाशले करिब चार वर्ष अघि लेख्नुभएको कथासङ्ग्रह घागी को बिक्रीबाट प्राप्त भएको रु. दुई लाख ५७ हजार रुपियाँ महावीर पुनले सञ्चालन गर्नुभएको आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।

Author

कृष्णराज खनाल