• १२ मंसिर २०८१, बुधबार

जोर्डनका राजाद्वारा मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत

blog

जोर्डनका राजा अब्दुल्लाह द्वितीय ।

काठमाडौं, असोज १० गते । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गर्नुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत गर्न शाही आदेश जारी गरिएको हो । स्वीकृत भएसँगै मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष शपथग्रहण गर्नुभएको थियो । सोमबार जोर्डनका प्रधानमन्त्री खासावनेहले सरकारका सात मन्त्रीहरू नियुक्ति गर्नुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल