• १२ मंसिर २०८१, बुधबार

संयुक्त राष्ट्रसङ्घद्वारा आणविक हतियार निर्मूल गर्न आह्वान

blog

काठमाडौं, असोज १० गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार निर्मूल गर्न आह्वान गर्नुभएको छ ।

उहाँले आणविक हतियारको पूर्ण निर्मूलका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको जानकारी दिनुभयो । मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने बताउनुभयो ।

उहाँले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताउनुभयो । उहाँले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताउनुभयो । उहाँले आणविक हतियार धेरै भएका मुलुकलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कूटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो । 

उहाँले आणविक हतियार नियन्त्रणका लागि मानिसहरु बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल