• २४ वैशाख २०८१, सोमबार

बक्सिङमा सुष्मा र भूपेन्द्र पराजित

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै सुष्मा तामाङ (निलो जर्सीमा) । तस्बिर : राखेप

हाङझाउ, असोज १० गते । एसियाडको पाँचौँ दिन बक्सिङमा नेपालबाट पदकका लागि आशा गरिएको खेल बक्सिङमा नेपालको कमजोर प्रदर्शन गरेको छ ।

पदकको आशा गरिएकी युवा मुक्केबाज सुष्मा तामाङ र अनुभवी खेलाडी भूपेन्द्र थापा बुधबार आआफ्नो खेलमा पराजित हुनुभयो । महिला ५० केजी अन्तर्गत अन्तिम १६ को खेलमा सुष्मा कजास्थानकी नाजम काइजाईबेसँग ५-० ले पराजित हुनुभयो । 

गत वर्ष यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्न सफल सुष्माले वर्ल्ड च्याम्पियनसिप समेत खेलिसक्नुभएको छ । तर एसियाडमा उहाँ पहिलो खेलमै हार खेप्दै बाहिरिनुभयो । 

यस्तै १३औं सागका स्वर्णधारी अनुभवी खेलाडी भूपेन्द्र थापा पुरुष ६३.५ केजी अन्तिम १६ मा पराजित हुनुभयो । उहाँ चाइनेज ताइपेई एन चु लाईसँग ४-० ले पराजित हुनुभयो ।

बाई पाएर सिधै प्रिक्वाटरफाइनल खेलेका भूपेन्द्र पहिलो खेलमै पराजित हुनुभएको हो । बक्सिङ अन्तर्गत बुधबार नै नेपालका रविन नेपाल पुरुष ९२ केजी समूहबाट १६ फिलिपिन्सका जोन नोबल मार्भेजसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।