• १३ मंसिर २०८१, बिहिबार

रेबिज विरुद्धको भ्याक्सिन अभाव

blog

होमराज रानाभाट

कावासोती, भदौ २५ गते । नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । भ्याक्सिन अभाव भएपछि अस्पतालमा आउने बिरामीहरूलाई समस्या परेको छ ।

जिल्लामा मध्येविन्दु जिल्ला अस्पताल र सरकारी स्वास्थ्य संस्थामा दश दिनदेखि भ्याक्सिन अभाव भएको मध्येबिन्दुु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । भ्याक्सिन अभाव भएपछि अस्पतालले रेबिज विरुद्धको खोप सेवा तत्कालका लागि बन्द भएको छ ।  

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्लामा आउने भ्याक्सिन प्रदेशमा समेत स्टक सकिएपछि जिल्लामा अभाव भएको जनाएको छ ।

जिल्ला अस्पतालमा मात्र मासिक रूपमा करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएको थियो । भ्याक्सिन अभाव भएपछि पूर्वी नवलपरासीका सेवाग्राही भ्याक्सिनका लागि चितवन जानुपर्ने बाध्यता छ । भ्याक्सिन आउन अझै १० दिन भन्दा बढी समय लाग्ने अस्पतालले जनाएको छ ।

जिल्लामा रेबिज विरुद्धको भ्याक्सिन हरेक दिन ५० डोज भन्दा बढी खपत हुने गरेको छ ।