• ११ मंसिर २०८१, मङ्गलबार

नइका पाँच कृति लोकार्पण

blog

काठमाडौं, भदौ २४ गते। वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गर्नुभयो।

इन्दिरा प्रसाईँद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह, सुनिता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कविता सङ्ग्रह आज लोकार्पण भएका कृति हुन्।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा. केशव सुवेदीबाट लोकार्पित कृतिको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो। समारोहमा कविता कृतिका नारीस्रष्टाहरुबाट कविता वाचन भएको थियो।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित समारोहमा सदस्य सचिव नरेन्द्रराज प्रसाईँ तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृति र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो।