• ७ जेठ २०८१, सोमबार

धार्मिक र जातीय सद्भाव कायम राख्न आग्रह

blog

नारायणगढ समाचारदाता

भरतपुर, भदौ २४ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सद्भाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो स्थतिमा जाने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सद्भाव कायम गराउन सबै पक्ष लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“लोक रिझ्याइँका कारण जथाभाबी बोल्दा लोकतन्त्रलाई नै समस्या पर्ने देखिएको छ । अब हिंसा फैलिने गरी हैन देशमा शान्ति स्थापना गर्ने गरी हाम्रा गतिविधि अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । 

उहाँले कांग्रेसका कार्यकर्ताले अब अन्याय सहन नपर्ने दाबी गर्नुभयो । “कुनै पनि कार्यकर्तालाई अब अन्याय हुन दिन्न यो मेरो वाचा भयो । कार्यकर्ताले पनि आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ,” उहाँले भन्नुभयो । 

उहाँले पार्टीमा अब माथिल्लो तहबाट निर्देशन नभई तल्लो तहका कुरा सुनेर कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरलगायतका नेताले जन्माएको पार्टीलाई अझ बलियो र सशक्त बनाउने जिम्मेवारी कांग्रेस कार्यकर्ताको भएको पनि उहाँले जनाउनुभयो । कार्यव्रmममा कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, गुरुराज घिमिरे, पूर्वमन्त्री  उमा रेग्मी, जितनारायण श्रेष्ठ, कृष्णलाल सापकोटालगायतले बोल्नुभएको थियो । जिल्ला भेलामा कांग्रेस चितवनका क्षेत्रीय प्रतिनिधिको सहभागिता थियो ।