• ६ जेठ २०८१, आइतबार

सप्तरीमा नवजात शिशु मृत फेला

blog

नवजात शिशु मृत फेला परेको स्थान । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, भदौ १३ गते । सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको हाे 

बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन्  । सो घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।