• १४ मंसिर २०८१, शुक्रबार

वराहक्षेत्र मन्दिर जाने सडकमा पहिरो खसेर बाटो बन्द

blog

वराहक्षेत्रको मन्दिर जाने बाटोमा पहिरो पन्छाउँदै डोजर । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), भदौ ४ गते । वराहक्षेत्र मन्दिर जाने बाटोमा आइतबार राति पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । कोशी पुलदेखि १ किलो मिटर अगाडि पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । 

गए रातिदेखि लगातार वर्षा भएपछि धनसर खोला क्षेत्रमा पहिरो खस्दा अवरुद्ध बनेको सडकलाई पन्छाउने काम भइरहेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । 

५० मिटर सडकमा पहिरो खस्दा आवतजावत बन्द भएको छ । बाटोलाई खुलाउन सडक डिभिजन कार्यालय इटहरीको सहकार्यमा डोजर लगाएर पहिरो हटाउने काम भइरहेको प्रमुख रमेश कार्कीले बताउनुभयो । 

आज दिउँसो अबेरसम्म सडकमा रहेको पहिरो हटाइ सकिने बताइएको छ ।  कलिलो चुरे पहाड भएकाले सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताउनुभयो । उहाँका अनुसार वर्षा लागेसँगै उक्त चतरा वराहक्षेत्र सडक खण्डमा ११ पटक पहिरो गइसकेको छ । सडक खण्डको कोशी पुलदेखि १७ नम्बर क्षेत्रमा पहिरो जाने गरेको छ ।