• १२ मंसिर २०८१, बुधबार

कांग्रेस सांसद भण्डारी डिस्चार्ज

blog

अस्पतालबाट डिस्चार्ज लिएपछि नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी र उहाँको शल्यक्रियामा संलग्न चिकित्सक ।

काठमाडौं, भदौ १ गते । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी शुक्रबार डिस्चार्ज हुनुभएको छ । उहाँको कीर्तिपुर वर्न अस्पताल बुधबार हातको शल्यक्रिया भएको थियो। अस्पतालका निर्देशन डा. पेरु प्रधानका अनुसार उपचाररत भण्डारी शुक्रबार डिस्चार्ज हुनुभएको हो।

भण्डारीको प्रा.डा. विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको थियो। भण्डारी गत फागुन ४ गते राति घरको भान्साकोठामा ग्यास चुहिएको कारण लागेको आगलागीबाट गम्भीर घाइते हुनुभएको थियो। कीर्तिपुर वर्न सेन्टरमै प्रारम्भिक उपचार गरेर उहाँलाई थप उपचारको लागि भारतको मुम्बईमा रहेको नेसनल वर्न सेन्टर लगिएको थियो। 

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो।