• ६ जेठ २०८१, आइतबार

भीमदत्त राजमार्ग पहिरोका कारण भासियो

blog

पहिरोले भासिएको भीमदत्त राजमार्ग । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घाेडाघोडी (कैलाली), साउन २३ गते ।
तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक पूरै भासिएपछि यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले डोजरको प्रयोगले अहिले राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ ।

यसैगरी, कैलालीको गोदावरी नदीमा एक्कासि बाढी आई फसेका छ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार राति आएको बाढीका कारण गोदावरी मन्दिर क्षेत्र नदीको बीच भागमा फसेका छ जनाको उद्धार गरिएको हो ।

सोमबार रातिको आएको बाढीले कैलालीका दक्षिण पूर्वी क्षेत्रका चार पालिकाका केही भूभाग डुबानमा परेका छन् भने करिब पाँच सय घरधुरी प्रभावित भएको जनाइएको छ  ।