• २३ असार २०८२, सोमबार

समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, साउन १५ गते । संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा प्रतिनिधि सभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । रासस