• ७ वैशाख २०८१, शुक्रबार

बुटवलका पूर्व उपप्रमुख खनालको निधन

blog

पूर्व उपप्रमुख रामप्रसाद खनाल । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन ७ गते । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।

दम बढेपछि उपचारका क्रममा उहाँको निधन भएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । खनाल बिस २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

शालिन नेताका रुपमा परिचय बनाउनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापतिको जिम्मेवारी पनि निर्वाह गर्नुभयो । उहाँको आजै अन्तिम संस्कार गरिएको छ ।